३ कार्तिक २०८३, मंगलबार

फुङ्लिङ बजारमा आगलागीबाट करिब सत्ताइस करोड बराबरको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taplejung-aaglagi8भद्रपुर, १० चैत । ताप्लेजुङको फुङ्लिङ बजारमा हिजो साँझ भएको आगलागीमा करिब २७ करोड बराबरको धनजनको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रारम्भिक अनुमानअनुसार आगलागीमा ३७ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको र आगो फैलिन नदिन सातवटा घर भत्काइएको थियो ।

आगलागी पूर्वेली होटलबाट ग्यास चुहावट भएर सुरु भएको थियो । आगलागी भएको सबै घरमा पसल सञ्चालनमा रहेकाले बढी धनजनको क्षति भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।