२८ आश्विन २०८३, बुधबार

मोबाइलबाट सेल्फी तस्वीर खिच्नुहुन्छ ? यसरी नै ज्यान जाला !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Selfie-5561406026967492काठमाडौं । मोबाइलबाट सेल्फी खिच्दा युवाहरुले ज्यानै गुमाउनुपरेको छ । सुन्दा अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो ।

भारतको नागपुरमा पिकनिकमा गएका ७ जना युवकले मोबाइलबाट सेल्फी खिच्दा ज्यान गुमाएका हुन् । सेल्फी खिच्ने प्रयास गर्दा एकै परिवारका दुई भाईसहित ७ जना युवकको पोखरीमा डुबेर मृत्यु भएको हो ।

नागपुर ग्रामीण प्रहरीका अनुसार कुही तालुकाको मंगरूल पोखरीमा १० जना किशोर युवा पिकनिक मनाउन गएका थिए ।

१० जनामध्ये सात जना डुगांमा चढेर पोखरी घुम्दै थिए । घुम्दै गर्दा युवाहरु राम्रो सेल्फी खिच्न डुगांको एकतर्फी जम्मा भए । त्यसपछि पालैपालो मोबाइलबाट सेल्फी खिच्न लागे ।

एकतर्फी भार बढेपछि डुगां पल्टियो र गहिरो पोखरी खस्यो । डुगां पल्टिएपछि तिन जना युवक चिच्याए । अन्य ४ युवक त्यो बेला सम्म डुबिसकेका थिए ।

चिच्याएपछि पोखरीको छेउमा मान्छेहरुको भिड जम्मा भयो । तर चिच्याउने ३ युवकको पनि डुबेरै मृत्यु भयो । साझको समयमा भएको घटनाले प्रहरीले उनीहरुलाई खोज्न सकेन् ।

दोस्रो दिन विहान मात्रै युवाहरुको शव पोखरीमा फेला परेको थियो । सेल्फी खिच्दा यसरी ७ जना युवकले अकालमै ज्यान गुमाए । मृतक युवाहरुको सनाखत भइसकेको प्रहरीले जनाएको छ । एजेन्सीको सहयोगमा