काठमाडौं । बाघ भन्ने वित्तिकै मान्छेमा डर त्रासको अवस्था सिर्जना हुन्छ । सामान्यतयाः बाघको स्वभाव झम्टिने आक्रमण गर्ने खालको हुन्छ ।
बाघले आफ्नो सिकारका लागि अन्य जनावर तथा मान्छेलाई नै झम्टिने गर्दछ ।
तर, भारतको गाजा स्ट्रिपको रिफ्यूजी क्याम्पसकी एक बालिका तिनै खतरनाक बाघसँग खेल्छिन् । ७ वर्षीय बालिकाको साथी बाघका बच्चा हुन् । रिफ्यूजी क्याम्पसको एक परिवारले स्थानीय चिड़ियाघरबाट बाघ (सिंह)का २ वटा बच्चा किनेर घर लगेका थिए ।
त्यो परिवारका ४ जना छोराछोरी छन् । उनीहरुले ती बाघका बच्चासँग दिनभरी खेल्छन् । छोराछोरी सानै भएकाले बाघका बच्चा किनेर लगेको परिवारका जेष्ठ सदस्य सईद इल्दिन अल जमालले बताए ।
५४ वर्षीय जमालले भने- बाघका बच्चाहरु मेरा छोराछोरीसँग खुबै रमाउछन्, बच्चाहरु पनि खुसी छन् ।
उनका अनुसार बाघका बच्चाहरुले बालबालिकालाई केही गर्दैनन् । उनका छोराछोरीहरु बाघका बच्चासँग मज्जाले खेल्छन् । त्यो देखेर अच्चमित नहुने सायदै होलान ।
ति बालबालिकाहरु बाघका बच्चाको मुखमा हात हाल्ने, जिस्कने गर्दछन् । तर, बाघका बच्चाले ति बालबालिकालाई आक्रमण गर्दैनन् । एजेन्सीको सहयोगमा













प्रतिक्रिया