काठमाडौँ, १० चैत । राजधानीको स्वयम्भूमा बसले मोटरसाईकललाई ठककर दिदाँ एक महिलाको मृत्यु भएको छ ।
गएराति भएको सडक दुर्घटनामा परेकी एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।
नयाँ बसपार्कबाट स्वयम्भूतर्फ जाँदै गरेको बा२ख ८४१० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आएको बा४०प ३०७१ नम्बरको मोटरसाइकललाई ढुङ्गेधारामा ठक्कर दिएपछि मोटरसाइकल पछाडि बस्ने टोखाकी ५३ वर्षीया श्यामबुलु डङ्गोल गम्भीर घाइते भई जनमैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मख्खेसी डङ्गोलको सोही अस्पतालमा उपचार भइरहेको र घटनामा संलग्न बस तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको तथा बसचालक बलराम सेते सिलवाललाई पक्राउ गरिएको प्रहरी सहायक प्रवक्ता राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।















प्रतिक्रिया