मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेठ्ठीले ९ करोड रुपैयाँ ठगी गरेको खुलासा भएको छ । उनीमाथि ९ करोड ठगी गरेको आरोप लागेको हो ।
उनीबिरुद्ध कलकत्ताको एक कम्पनीले ९ करोड ठगीको आरोप लगाएपछि उनलाई तनाव थपिएको हो ।
कलकत्ताको एमके मिडिया प्रालि ले शिल्पामाथी धोका दिई ठगेको आरोप लगाएको हो । शिल्पाबिरुद्ध प्रहरीमा उजुरीसमेत दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कम्पनीका अनुसार शिल्पाले एक यस्तो कम्पनीमा लगानी गर्न लगाइयो जसलाई शिल्पा स्वयमले चलाउने गर्थिन् ।
त्यहा लगानी गरेबापत दुई बर्षभित्रमा दश दुना पैसा फिर्ता गर्ने शर्त थियो । तर शिल्पाले बाचा पुरा नगरेको आरोप छ । यसबारे हिरोइन शिल्पाले कुनै प्रतिक्रिया दिएकी छैनन् ।















प्रतिक्रिया