३० आश्विन २०८३, शुक्रबार

सुसाइड नोट लेख्दै पत्रकारले गरे आत्महत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suicide-noteइलाम, १० चैत । नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा पुर्ण स्मारक उच्च मावि गोदकका प्राचार्य विमल प्रधानले चियामा प्रयागहुने किटनाशक विषादी प्रयोग गरेर आत्महत्या गरेका छन् । अन्नपूर्ण पोष्टमा खबर छ ।

सुर्योदय नगरपालिका आइतबारेको विरेन्द्र माविमा एसएलसीको केन्द्राध्यक्ष रहेका प्रधानले परीक्षा सकेर आफ्नो मुलघर समाल्बुङ जाने क्रममा बाटोमा विषादी सेवन गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो ।

प्रधान परीक्षा सकेर सहयोगी छत्र गुरुङ्गका साथमा पशुपतिनगर पुगेका थिए । बाटोमा फिक्कलको एक एग्रोभेटबाट चियामा हाल्ने विषादी खरिद गरेर गोजीमा हालेको र पशुपतिनगरको फाटकमा पुगेर गुरुङ्गलाई मोटरसाईकल र ब्लुबुक फिर्ता गरेको प्रहरीले जनाएको छ ।

ब्लुबुक भित्र तीन पेजको सुसाइड नोट लेखेर राखेको शिक्षक विनोद अधिकारीले भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए । सुसाईट नोटमा राम्रो गर्न खोज्दा गर्न नदिएको गुनासो लेखिएको थपलीयाले बताए ।

प्रहरीले नोट फेला पारेपछि दिउसो तीन बजेबाट उनको खोजी शुरु गरेको थियो । साझ ६ बजे दाजु पुर्ण प्रधानका छोराले मेची बजार नजिक बोल्न नसक्ने अवस्थामा उनलाई भेटेका थिए ।

त्यसपछि फिक्कल स्थित स्वास्थ केन्द्रमा प्राथमिक उपचार गरेर झापाको मनमोहन मेमोरीयल अस्पतालमा पठाएका उनको सोमबार राती मृत्यु भएको प्रहरीले जानाएको छ ।

उनी केही दिनदेखि तनावमा रहेको उनका सहकर्मीहरुले बताएका छन्। शुक्रबार उनले आफ्नो फेसबुकमा लेखेका छन् गर्ने सबैलाई विचार हुँदैन, तर गर्न खोज्नेलाई साथ हुँदैन, राम्रै गर्ने तिमीलाई सबैले खेद्छन्, स्वार्थमा कुद्दा विरोध हुँदैन, मर्न कसैलाई रहर हुँदैन् ।

प्रधानका दुई छोरा र श्रीमती छन् । देशान्तर साप्ताहिकबाट पत्रकारीता थालेका उनले अन्नपुर्ण पोस्‍टमा समेत इलाम सम्वाददाताको रुपमा काम गरेका थिए । अहिले रेडियो नेपालवाणी एफएममा समय सन्दर्भ कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।