३ कार्तिक २०८३, मंगलबार

ट्युमर पीडित युवतीले भनिन्-‘मलाई बचाइदिनुस्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ९ चैत । गरिबीका कारण गालामा आएको सानो ट्युमर बेलैमा उपचार गर्न नसक्दा बढेर पूरै शरीरभरि फैलिएपछि २७ वर्षीया युवतीले उपचारमा सहयोग गरेर ज्यान बचाइदिन आग्रह गर्नुभएको छ ।

मौवा—५, पाँचथरकी कुमारी निरौलाले आज सञ्चारकर्मीहरुसँग उपचारमा सहयोग गरेर आफ्नो ज्यान बचाइदिन आग्रह गर्नुभएको हो । उपचारका लागि भक्तपुरमा आफन्तकोमा आइपुग्नुभएको उहाँले डाक्टरले ट्युमरलाई पूरै निको पार्न तीनपटकसम्म शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि करिब नौ लाख रुपैयाँ लाग्ने बताएपछि उपचारमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको हो ।

गालामा आएको सानो ट्युमर बढ्दै गएर टाउको, घाँटी, हातको पाता हुँदै फैलिएपछि उपचारमा समस्या आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“मेरो अवस्था नाजुक बन्दै गएको छ, घरको आर्थिक अवस्था ज्यादै नै कमजोर छ, घरमा एकपछि अर्काे समस्या आएपछि बुबाले आत्महत्या गर्नुभयो, भएको एउटा भाइको पनि मानसिक सन्तुलन ठीक छैन, मलाई बचाउनुहोस् ।”

ट्युमर बढ्दै गएपछि हातसमेत चलाउन कठिनाइ भएको बताउँदै उहाँले ट्युमर अस्वाभाविक रुपले बढ्दै गएपछि गर्दै आएको मुढा बनाउने कामसमेत छोड्नु परेको बताउनुभयो ।
कुमारीले भन्नुभयो—“म बाँच्न चाहन्छु, मेरो अवस्था बुझेर मलाई बचाइदिनुहोस्, म बाँचे मात्र मेरो परिवार बाँच्छ ।” उहाँले सहयोगका लागि ग्लोबल आइएमई बैंक, इन्द्रचोक शाखाको खाता नम्बर ५९०७०१०००५४९१ मा सहयोग गरिदिन अनुरोधसमेत गर्नुभएको छ । रासस