२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा राजेश हमाल कम्मर मर्काएर नाच्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh-hamal– विजय थापा
डिसी, अमेरिका । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाको तेस्रो साधारण सभाको साँस्कृतिक कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल सहितको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा झन्डै ३ दर्जन कलाकारहरुको बिबिध प्रस्तुतिले सांस्कृतिक कार्यक्रम अत्यन्तै मनोरन्जनात्मक बनाउन सफल भएको थियो ।

DSCN2287राजेश हमालले कोर्ट मार्सलको सम्बाद तथा युगल नृत्य प्रस्तुत गरेका थिए भने चर्चित गायक मधु छेत्रीले हुरीले उडाउन सकेन गीत गाएका थिए । महानायक राजेशले कम्मर मर्काएर नाच्दा तन्नेरी युवतीहरु भुतुक्कै भएका थिए ।

कार्यक्रममा नेपालका प्रख्यात गायिका नलिना चित्रकार तथा गायक यम बरालले निकै दर्शकलाई मनोरञ्जन प्रदान गराएका थिए ।

DSCN2296स्थानीय गायक खेम संग्रौलाले जहाँ छन् बुद्धका आँखा भन्ने राष्ट्रिय गीत गाएका थिए भने न्युयोर्कबाट आएकी पविता परियारले आफ्नो नयाँ एल्बमबाट जलायो निष्ठुरीले भन्ने गाएकी थिइन् । कवियत्री गीता खत्रीले रचेको गीत परियारले गाएकी थिइन् ।

कार्यक्रममा लोकेश तिवारीले युगल गीतमा गरेको सिम्पल सिम्पल कान्छीको डिम्पल डिम्पल गालामा नृत्य निकै मनोरञ्जन प्रदान गर्न सफल भएको थियो भने माइती घरको गीतको बोलमा म प्यार बेची दिन्छु भन्ने गीतमा स्थानीय कलाकारहरुको प्रस्तुति बेजोडको रहेको थियो ।

DSCN2314उक्त सांस्कृतिक कार्यक्रममा गिनिज पुस्तक बिश्व किर्तिमान गर्ने रोहित तिमिल्सिनाको हास्य ब्यंग्य नृत्य तथा अन्य स्थानीय कलाकारहरुले गीत, नृत्य, लोकगीत तथा अन्य प्रस्तुति गरेका थिए ।