काठमाडौँ, ८ चैत । युवा संघ नेपालको असन्तुष्ट पक्षले देशैभर अन्तरसंघर्ष चर्काउन कमिटी बनाएको छ ।
‘वैचारिक साङ्गठनिक रुपान्तरण अभियान’ नाममा संघकी उपाध्यक्ष दिलु पन्तको संयोजकत्वमा समानान्तर कमिटी बनाइएको हो ।
कमिटीमा उपाध्यक्ष राजु गुरुङ, सचिवहरु अशोककुमार चन्द, नरेशकुमार शाह, हस्तबहादुर शाही र मञ्जु यादवलगायत सदस्य छन् ।
त्यसैगरी, केन्द्रीय सचिवालय सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरु, अञ्चल कमिटी पदाधिकारी, जिल्ला कमिटीका अध्यक्षहरु रहेको बताइएको छ ।
अभियानका संयोजक पन्तले युवा देशव्यापी रुपमा एकताका साथ संघठन सुदृढीकरणका लागि नयाँ अभियान सुरु गरेको बताउनुभयो । सोमबार बैठक बसी थप योजना तय गरेर अघि बढने उहाँको भनाइ छ । ४२ जिल्लाका अध्यक्ष आफ्नो पक्षमा रहेको पन्तको दाबी छ ।
युवा संघको असन्तुष्ट पक्षको भेलाको उद्घाटन नेकपा एमालेका नेता माधवकुमार नेपालले गर्नुभएको थियो भने अभियानको गठन गर्दा पार्टीका पोलिटब्युरो सदस्यद्वय बेदुराम भूसाल र पशुराम मेघी गुरुङ र केन्द्रीय सदस्यहरु राजेन्द्र राई, रामकुमारी झाँक्री, वैकल्पिक केन्द्रीय सदस्य रचन खड्कालगायतको उपस्थिति रहेको थियो ।
युवा संघका अध्यक्ष महेश बस्नेतले अध्यक्ष पदबाट राजीनामा दिएर उपाध्यक्ष निरु पाललाई अध्यक्ष बनाएपछि संघमा नेता नेपाल निकट पक्ष असन्तुष्ट भएका थिए ।
संस्थापन पक्ष भने आइतबारै हेटौँडामा विस्तारित बैठकको आयोजना गरेकोे छ । परिषद् भेला बेलाउने भनिएता पनि पार्टी केन्द्रकोे निर्देशनमा संघले विस्तारित बैठकको आयोजना गरेको हो ।
















प्रतिक्रिया