३ कार्तिक २०८३, मंगलबार

कैलालीमा काँग्रेस फुट्यो, संस्थापन पक्षद्वारा समानान्तर समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Edited

यमबहादुर बम

धनगढी, ८ चैत । क्रियाशिल सदस्यताको विवादले उग्र रुप लिएपछि अन्ततः नेपाली कांग्रेस कैलाली फुटेको छ ।

देउवा पक्षले सदस्यता वितरणमा एकलौटी गर्नुका साथै विधान विपरित उपसभापति लोकबहादुर महतोलाई पदमुक्त गरेको भन्दै संस्थापन पक्षले समानान्तर समिति गठनको घोषणा गरेको हो ।

आइतबार कांग्रेस पार्टी कार्यालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा देउवा पक्षले कारवाही गरी पदमुक्त गरेका उपसभापति लोकबहादुर महतोलाई संस्थापन पक्षले सभापतिमा मनोनित गरेको उल्लेख छ ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार सचिवमा रामचरण चौधरी र रविन्द्र जोशी, कोषाध्यक्ष प्रभाकर भण्डारी, सहसचिवमा दिपकराज जोशी लगायत ५१ सदस्य रहेका छन । चौधरी, भण्डारी र जोशी यसअघि कार्यसमितिको पदाधिकारीमा पनि थिए । समानान्तर समितिमा कांग्रेस कैलालीका पूर्वसभापति गोविन्दराज जोशी, महासमिति सदस्य वीरबहादुर हमाल, कमल शाह, जंगबहादुर साउद, पूर्वमहासमिति सदस्य गणेश देउवा लागयतका नेताहरु पनि सदस्यमा रहेका छन । समानान्तर समितिको उपसभापति पद भने खाली राखिएको छ ।

संस्थापन पक्षले कैलाली क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा धिरज रेग्मी र क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा तेजराम चौधरीलाई मनोनित गरिएको कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले जनाए । उपसभापति महतोको सभापतित्वमा गठित कार्यसमितिलाई वैधानिकता दिई सभापति शाहलाई पदमुक्त गर्न कांग्रेस केन्द्रीय कार्यसमितिमा अनुरोध गरिएको भण्डारीले बताए ।

कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा एकलौटी गरेको आरोप संस्थापन र देउवा पक्षले एकअर्कालाई आरोप लगाउँदै गर्दा आइतबार कांग्रेस कैलालीको बैठकमार्फत देउवा पक्षले उपसभापति लोकबहादुर महतोलाई पदमुक्त गरेको थियो ।