धादिङ, ८ चैत । धादिङको खाल्टे गाविसस्थित काउलेबाट धादिङवेशी आइरहेको बा१०च ६८६६ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–१ की ७ वर्षीया अम्बिका मगर र सोही ठाउँकी १० वर्षीया अनिता मगर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिप भिरालो बाटोमा उकालो चढ्न नसक्दा सडकबाट ५० मिटर तल खेतमा खसेको थियो ।
घाइतेमध्ये पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको र बाँकी पाँच उपचारपश्चात घर फर्किसकेका छन् ।















प्रतिक्रिया