काठमाडौं, ८ चैत । अवतरणका क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको राजधानी बैंककबाट आएको थाई एयरको जहाजमा चरा ठोक्किएको छ ।
आइतबार दिउँसो अवतरणका क्रममा थाई एयरवेजको जहाजमा चराले ठक्कर दिएको हो । चराले ठक्कर दिएपनि जहाज सकुशल अवतरण भएको छ ।
थाइ एयरवेजको बोइङ ७७७ जहाज अवतरणका क्रममा दायाँ इञ्जिनमा चरा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका देव चन्द्रलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाबाट बचेको जहाजको चेकजाँच भइराखेको छ ।
जहाजमा चरा ठोक्किएपछि अहिले फर्किनुपर्ने जहाजलाई विमानस्थलमा राखेर इञ्जिनियरहरुले चेकजाँच गरिरहेका छन् । अहिले थाई एयरको उडान अनिश्चित भएको छ ।












प्रतिक्रिया