मलेसिया । अवौधानिक रुपमा काम गर्दै गर्दा मृत्यु भएका एक नेपाली युवाको शव मलेसियाबाट नेपाल ल्याउन समस्या भएको छ ।
मलेसियाको इपो पेराक राज्यमा काम गर्दै आएका झापा पृथ्वीनगरका प्रकाश लिम्वुको शव आर्थिक कारणले नेपाल पठाउन समस्या भएको हो ।
मलेसियामा मृत्यु भएका व्यक्तिको शव नेपाल पठाउन लाग्ने रकम अभाव हुँदा उनको शव अस्पतालममा रहेको हो ।
उनको शव नेपाल पठाउन १० हजार रिङ्गेट भन्दा माथी रकम लाग्ने वुझिएको छ । अवौधानिक रुपमा काम गरेका उनको विमा नहुने र शव पठाउन कम्पनीले जिम्मेवारी नलिएकाले उनको शव इपो अस्पतालमा अलपत्र परेको छ ।
उनका छिमेकी विनोद अधिकारीका अनुसार मृतकको आर्थिक अवस्था कमजोर भएकै कारण शव नेपाल पठाउने प्रक्रिया ढिलो भएको हो । कसरी कहाँबाट प्रक्रिया थाले मृतकको शव नेपाल पठाउन सकिन्छ ? विनोदले प्रश्न गरे ।
केही दिन अघि सुतेकै अवस्थामा लिम्बुको मृत्यु भएको थियो । रोजगारीका सिलसिलामा ४ वर्ष अघि मलेसिया आएका उनी कमाइ राम्रो नभएको भन्दै केही महिना अघि अवैधानिक बनेका थिए ।
उनकी श्रीमती समेत रोजगारीका सिलसिलामा इजरायलमा रहेकी छन् । मलेसिया स्थित नेपाली दुतवास स्रोतका अनुसार लिम्वुको शव नेपाल पठाउन सकिने तर आवश्यक कागजी प्रक्रियाका लागी वैदेशिक रोजगार प्रवद्र्धन वोर्डमा जानुपर्ने छ ।















प्रतिक्रिया