काठमाडौं । चीनमा माछा सडकमा उत्रिएपछि २ घण्टा सडक जाम भएको छ । चीनको गाइजो प्रान्तको ब्यस्त सडकमा लाखौं माछा छरिएपछि २ घण्टा सडक जाम भएको हो ।
जाम हटाउन स्थानीय प्रशासनले सडकमा अघोषित कर्फ्यु समेत लगाएको थियो । प्रहरीलाई सडकमा अर्लट राखियो । माछाहरुले किन सडक जाम गरे त ? यो प्रश्न आउँछ । तर, माछाहरु आफै सडकमा आएका भने होइनन् ।
माछा लोड गरेर गन्तव्यतर्फ गइरहेको ट्रक सडकमा गुडिरहेका बेला पछाडिको ढोका एक्कासी खुलेपछि यस्तो संकट आइलागेको हो । ट्रकका चालकले त्यसको पत्तै पाएनन् । जसका कारण काइलाइ डेभलोपमेन्ट जोनमा पर्ने सडकभरी करिव ६ हजार ८ सय किलो माछा खसालिए ।
माछाको भिडले सकडको एकतर्फको लेन पुरै अवरुद्ध भयो । सडकमा पोखिएको माछाहरुलाई हटाउन सुरक्षाकर्मीले २ घण्टासम्म खटिए ।सुरक्षाकर्मीले पानीको फोहोरा हानेर माछाहरुलाई एक ठाउँमा जम्मा गरेका थिए । सुरक्षाकर्मीले सडकबाट २ घण्टापछि मात्रै माछा हटाउन सकेको थियो । एजेन्सीको सहयोगमा
















प्रतिक्रिया