२९ आश्विन २०८३, बिहिबार

नेपाली समाज यूएईको पार्षद भेलाले निर्वाचन समिति बनायो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samaj   (2)यूएई । यूएईमा कार्यरत सम्पुर्ण नेपाली सामाजिक संघसस्थाहरु मध्ये नेपाली समाज यूएईलाई सबभन्दा जेठो र साझा सस्थाको रुपमा मानिदै आएको हुनाले समाजलाई बचाउनेतिर लाग्नुपर्ने नेपाली समाजको पार्षद भेलामा वक्ताहरुले बताएका छन् ।

यूएइको सिंधापंजाप होटलमा शुक्रबार आयोजित पार्षद भेलाले नेपाली समाज यूएईको २०१३÷१५ कार्यसमितिको अवधि सकिएपछी नयाँ समिति निर्माण गर्न आवश्यक प्रकियामा जान तथा आजीवन सदस्य, सस्थापक सदस्य, युएईमा रहेका संघसस्था हरुलाई समाजमा सुचिकृत गर्ने गरि ५ सदस्य निर्वाचन समिति बनेको छ ।
्र
कृष्ण पौडेल संयोजकत्वमा गठिन ५ सदस्यीय निर्वाचन समितिमा गोपाल कँडेल, मणि भुर्तेल, शिवदत्त शिवा र श्याम पोखरेल सदस्य रहेका छन ।

समितिले निर्वाचनसंगै समाजको आवश्यक विधान शंसोधनको लागि पनि काम गर्न पाउने भेलाले जिम्मेवारी दिएको छ ।

पछिल्लो समय समाज सस्थागत नभएको भन्दै भेलामा सस्थालाई अझ व्यवस्थितरुपमा संचालन गर्ने बाताबरण कसरी बनाउन सकिन्छ भनेर अध्ययन गर्ने लगायत सम्पूर्ण अधिकार गठित निर्वाचन समितिलाई भेलाले दिएको अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

पार्षद अध्यक्ष बिदुर रावतको सभापतित्वमा सम्पन्न भेला पार्षद सदस्य कृष्ण पौडेलले सञ्चालन गरेका थिए ।