३ कार्तिक २०८३, मंगलबार

बाख्रा चराउन गएकी बालिकाको जंगलमै बलात्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Rapeधादिङ, ८ चैत । दक्षिणी धादिङको महादेवस्थान गाविस वडा नं ८ जरुङका एक युवक बालिका बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका छन् ।

बाख्रा चराउन गएकी बालिकालाई ललाइफकाई बलात्कार गरी फरार भएका २४ वर्षीय बलबहादुर तामाङलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

पीडित बालिकाले घटना भएपछि आमालाई खबर गरेकी थिइन् । घाइते बालिकाको प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । अभियुक्तलाई प्रारम्भिक अनुसन्धानपछि जबर्जस्ती करणी मुद्दा चलाइने बताइएको छ ।