गुल्मी, ८ चैत । ग्रामीण क्षेत्रमा रहेर समुदायको आवाजलाई समेट्दै आइरहेको गुल्मीको वामीमा रहेको सामुदायिक रेडियो ‘पुष्पाञ्जलि’को प्रथम साधारणसभा तथा सेयर सदस्य भेलामा रेडियोको भूमिका बढाउन जोड दिइएको छ ।
भेलाको उद्घाटन गर्दै ‘वाणी नेटवर्क’का प्रबन्ध निर्देशक रवीन्दकुमार रिजालले गाउँ गाउँमा खुलेका रेडियोले ग्रामीण क्षेत्रका जनताको आवाजलाई समावेश गरिरहेको बताउनुभयो ।
पत्रकार ऋषि धमलाले पत्रकारले जनताको कुरा बोल्ने र राजनीतिक दललाई सहमतिका लागि दबाब सिर्जना गर्न सक्नुपर्ने बताउनुभयो ।
विसं २०७० जेठ २८ गतेदेखि गुल्मीको वामिटक्सारबाट परीक्षण प्रसारण सुरु गरेको रेडियोले २०७० भदौ १ गतेदेखि समाचार, ज्ञानवद्र्धक, चेतनामूलक, मनोरञ्जनात्मक कार्यक्रमसहित नियमित प्रसारण सञ्चालन गर्दै आइरहेको छ ।















प्रतिक्रिया