२९ आश्विन २०८३, बिहिबार

टिभी स्टारले यौनसम्पर्क बढी गरेपछि डाक्टरले लगाए प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim-2

न्यूयोर्क । रियालिटी टिभी स्टार किम कार्दिशांलाई चिकित्सकहरूले यौनसम्बन्ध कम गर्न सुझाव दिएका छन् ।

चिकित्सकहरूका अनुसार किमले दोस्रो बच्चा जन्माउने नाममा पतिसँग चहिनेभन्दा बढी सेक्ससम्बन्ध गर्ने गरेकी हुन् । चेकजाँचका क्रममा चिकित्सकहरूले किमलाई आवश्यक्ताभन्दा बढी यौनसम्बन्ध नराख्न भनि सुझाव दिएको स्वयं किमले एक अन्तर्वातामा भनेकी छिन् ।

किमका पति कान्ये वेस्टले पनि पत्नीको इच्छा पूरा गर्ने गरेका छन् । सुन्दर जिउडालकी किमका एक छोरा छन् ।

‘डाक्टरहरूले पनि भन्ने गरेका छन् मैले धेरै सेक्स गर्ने गरेकी छु’, अन्तर्वातामा किमले भनेकी छिन्, ‘सेक्स दिनमा एक पटकसम्म ज्यादा पावरफुल हुने सल्लाह पाएकी छु । तर सल्लाह मान्नका लागि मैले कोशिस पनि गरिरहेकी छु ।’

३४ वर्षीया किम दोस्रो बच्चा जन्माउने विषयलाई लिएर चिन्तित हुने गरेकी छिन् । दोस्रो बच्चाका लागि किम र उनका पतिले गर्भ बसाउन खुब मिहेनत गरेको समाचारमा उल्लेख छ ।

‘प्रेग्नेन्ट हुनका लागि मैले राम्रा सबै कोशिस गरेकी छु’, किमले भनेकी छिन्, ‘८–९ महिनादेखि गर्भ बसाल्न सबै काम भएका छन् । अलि धेरै गरे जस्तो पनि लागेको छ ।’

किमले अहिले सबै कुरा सोँच्न छाडेर हेयर स्टाइलमा लागेकी छन् । किमले आफ्नो कपाललाई सुनौलो रङमा परिवर्तनसमेत गरेकी छन् । एजेन्सी