३ कार्तिक २०८३, मंगलबार

प्रचण्ड भन्छन्-‘गिरिजाबाबु मेरो सपनामा आएर संविधान बनाउँ भन्नुहुन्छ’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaसर्लाही, ७ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालाको अवसानसँगै मुलुकमा परिवर्तनसहितको नयाँ संविधान निर्माण अभियान कमजोर बनेको बताउनुभएको छ ।

शनिवार सर्लाहीको हरकठवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले १२ बुँदे समझदारी, गणतन्त्र स्थापना, धर्म निरपेक्षता, सङ्घीयता, समावेशी, समानुपातिक प्रणालीसहितको परिवर्तनमा उहाँको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।

“मसँगै परिवर्तनका लागि खेल्नुभएको भूमिकाका लागि गिरिजाबाबुलाई अत्यन्त सम्मान गर्छु” अध्यक्ष दाहालले भन्नुभयो, “तर स्व. गिरिजाबाबुको भावना विपरीतका नेताहरु काँग्रेसको नेतृत्वमा पुगेका र परिवर्तनका मुद्दाहरु छाडेका कारण अहिले नयाँ संविधान निर्माणमा समस्या आएको छ ।”

सहमतिका लागि सत्तापक्षले ठोस पहल गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले पहिला भएका ऐतिहासिक समझदारी, सहमति र सम्झौता सम्बोधन नभएसम्म सहमति नहुने उल्लेख गर्नुभयो ।

पहिचानसहितको सङ्घीयतामा सत्तापक्ष लचक भए मुलुकलाई यथाशक्य निकास दिनका लागि एमाओवादी राज्य पुनःसंरचना र शासकीय स्वरुपमा हदैसम्मको लचक रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

उहाँले एक प्रसङ्गमा गिरिजाबाबु आफ्नो सपना आउने गरेको बताउनुभयो । ‘राति सुत्दाखेरी गिरिजाबाबु सपनामा झल्को दिनुहुन्छ, संविधान बनाउ भन्नुहुन्छ, तर कांग्रेस एमालेले यो कुरा बुझ्दैनन् ।’ उहाँले भन्नुभयो । गिरिजाबाबुको सपना पूरा गर्न सहमतिमै संविधान जारी गर्नुपर्ने उहाँको धारणा थियो ।