अबुधावी। यूएईको अबुधावीमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा हट गायिका तथा मोडल ज्योति मगरमाथि यौन दुर्व्यवहार भएपछि तनाव सिर्जना भएको छ ।
आबुधाबीको अलऐननमा रहेको नेपाली युवाहरूको सक्रिय समूह इभेन्ट नेपालले आयोजना गरेको चैते दशै धमाकामा ज्योतिमाथि स्टेजमै दुर्व्यवहार भएको हो । दर्शकहरुको आपत्तिजनक व्यवहारपछि स्थानीय प्रहरीले हस्तक्षेप गरी केही नेपाली युवालाई नियन्त्रणमा लिनुपरेको थियो । अहिले उनीहरु हिरासत मुक्त भइसकेका छन् ।
अबुधाबीमा शुक्रबार आयोजित कार्यक्रमको प्रमुख आकर्षण नै ज्योति बनेकी थिइन् । आयोजकहरुले पनि ज्योतिकै नाममा बढी प्रचार गरेका थिए । कार्यक्रम सुरु हुनुभन्दा पहिलेदेखि नै हल हाउसफुल भएको थियो । स्थानीय कलाकारहरुले प्रस्तुति देखाउँदा देखाउँदै ज्योतिको माग भएपछि उनी उत्तेजक शैलीमा उपस्थित भइन् ।
स्टेज तात्दै जाँदा दर्शक दीर्घामा रहेका केही युवाहरुले उछृंखल व्यवहार गर्न थालेपछि कार्यक्रममा तनाव सिर्जना भयो । त्यस घटनापछि केहीबेर कार्यक्रम नै स्थगित गरिएको थियो । स्थिति साम्य पार्न प्रहरीको सहारा लिनुपरेको थियो ।





















प्रतिक्रिया