३० आश्विन २०८३, शुक्रबार

साझा धारणा बनाउन नेताहरुले छलफल गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गंगराज पण्डित

बाजुरा ७ चैत । बाजुरा जिल्लाको समग्र विकासका विषयमा साझा धारणा बनाउन नेताहरु आज काठमाण्डौमा भेला हुने भएका छन् ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु बसेर विकासमा साझा धारणा बनाउने लक्ष्य सहित भेलाको आयोजना गर्न लागिएको एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले बताउनु भएको छ ।

राज्यको सौतेनी व्यवाहार र विकास गरिएको राजनीतिले बाजुरा धेरै पछाडि परेको निष्कर्ष सहित समग्र विकासमा साझा मत बनाउन राजनीतिक दलहरु बीच छलफल हुन लागेको थापाको भनाई रहेको छ । आज दिउँसो १२ बजे जिल्ला तहका सबै दलका शिर्ष नेताहरु काठमाण्डौमा भेला हुने भएका छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, काँग्रेस नेता जनकराज गिरी लगायतको अगुवाईमा भेलाको आयोजना गर्न लागिएको बताइएको छ । भेलामा पूर्व उद्योग मन्त्री, सभासद, पार्टीका केन्द्रीय सदस्यहरु, पूर्व सांसदहरु, सम्पर्क मञ्च, कमिटीका पदाधिकारीहरु सहभागि हुनेछन् ।

जिल्लाको विकासमा राजनीति एकता र सहकार्य गर्ने उद्देश्य सहित हुन लागेको भेलामा ३० देखि ४० जना नेताहरुको सहभागिता रहने भएको छ । विकासमा एक हुन लागेका नेताहरुले विकास समिति बनाएर अघि बढ्ने विषयमा पनि छलफल गर्ने बताएका छन् ।