मेलम्ची, ७ चैत । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजना कम्पनीअन्तर्गत सिएमसी इटलीको ग्यालथुम अडिटमा तीन दिनअघि सुरुङभित्र मृत्यु भएका सिन्धुली–४ हतपत्तेका ३० वर्षीय सुरेशबहादुर सुनुवारको शब परिवारले बुझेको छ ।
मृतकका परिवारलाई एकमुष्ट रु १५ लाख तथा मृतकका श्रीमतीलाई सिएमसीमै जागिर दिने सहमतिपछि परिवारले आज शव बुझेका हुन् ।
मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै शव नबुझ्ने बताएपछि सिएमसी मृतकका आफन्तबीच भएको दोस्रो चरणको छलफलपछि शब बुझ्ने सहमति भएको हो ।
सात महिनादेखि सुरुङभित्र ड्राइभरको रुपमा काम गर्दै आएको सुनुवारको गत बुधबार ढुङ्गाको टुक्रा लोड गरेर ल्याउनेक्रममा सुरुङभित्रै दुर्घटनामा परेर मृत्युभएको थियो । रासस















प्रतिक्रिया