लहान, ७ चैत । सिरहाको सिलौरा पछवारी–९ स्थित नहरमा फसेको एउटा ट्याक्टर बाहिर निकाल्ने क्रममा आज बिहान अर्को ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
नहरमा फसेको स१त ३६७५ न.को गिट्टी लादिएको ट्याक्टर लाई नहरबाट बाहिर निकाल्ने क्रममा स१त ५७८ नंको अर्काे ट्याक्टर पल्टिँदा सो ट्याक्टर का चालक सिरहा कविलासी–३ निवासी २२ वर्षीय दुखरन मोचीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ गिट्टी लिएर जाँदै गरेको उक्त ट्र्याक्टर गए राति नहरमा पसेको थियो । रासस















प्रतिक्रिया