३ कार्तिक २०८३, मंगलबार

सामान ल्याउन बजार गएकी युवतीको वाटोमै मृत्यु भएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ६ चैत ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–७ झिलझिले सडक खण्डमा आज साँझ मालवाहक ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

विराटनगरबाट विर्तामोडतर्फ आइरहेको ना२ख ५०६९ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री शिवसताक्षी नगरपालिका–७ की १८ वर्षीया रनमाया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडक पार गर्ने क्रममा युवतीलाई ट्रकले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै स्थानीयवासीले सो सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदालामो तथा छोटो दूरीका सयौं सवारी साधन सडकमै थन्किएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन् ।

प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ ।