३ कार्तिक २०८३, मंगलबार

कालोझण्डा गाड्ने विप्लव माओवादी १७ का जना नेता, कार्यकर्ता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplopकाठमाडौँ, ६ चैत । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको बाँसबाबरीस्थित निवासमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका नेता कार्यकर्ताले आज कालो झण्डा गाडेका छन् ।

पन्तको निवासमा कालो झण्डा गाडेर फर्कने क्रममा माओवादीका नेता, कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।

पन्तको निवासमा चेतावनी कार्यक्रमस्वरुप कालोझण्डा गाडेर फर्कने क्रममा प्रहरीले आफ्ना १७ जना नेता, कार्यकर्तालाई पक्राउ गरेको माओवादी कार्यालय सचिव गुणराज लोहनीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउपर्नेमा पोलिटब्यूरो सदस्य असारे काका, पूर्वमन्त्री पदम राईसहितका नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई हनुमानढोकामा राखिएको छ ।

बोर्डका कार्यकारी अधिकृत पन्तले माथिल्लो कर्णालीलगायत विभिन्न जलविद्युत् आयोजनामा सभ्झौता गरेको विरोधमा कालो झण्डा गाडिएको माओवादीले जनाएको छ ।