२८ आश्विन २०८३, बुधबार

फ्लोराइडयुक्त टुथ पेस्टले दाँत माझ्न सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dental-veneers-top

काठमाडौँ ६ चैत । स्वस्थ्य जीवनयापनका लागि दैनिक दुई पटक फ्लोराइडयुक्त टुथ पेस्टले दाँत माझ्न चिकित्सकले सुझाव दिएका छन् ।

नेपाल डेन्टल एसोसिएसनले आज विश्व मुख स्वास्थ्य दिवसका अवसरमा आज वसन्तपुर डबलीबाट निकालेको जनचेतनामूलक पदयात्राको शुभारम्भ गर्ने क्रममा नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकारी निकायबाट मुख स्वास्थ्य क्षेत्रमा धेरै कम सहयोग भएको बताउँदै जिल्ला अस्पतालदेखि अञ्चल अस्पतालसम्म दन्त चिकित्सकको दरबन्दी वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।

एसोसिएसनका अध्यक्ष डा सुप्रभात श्रेष्ठले र मुख तथा दन्त स्वास्थ्य समस्या देखिए नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त दन्त चिकित्सकबाट मात्रै उपचार गराउनुपर्ने बताउनुभयो भने सचिव सुविन मास्केले सरकारी निकायले दुर्गममा जान चाहने चिकित्सकलाई सहुलियतमा ऋण उपलब्ध गराउन सकेमा दन्त चिकित्सा क्षेत्रमा देखिएको समस्या धेरै हल हुने विश्वास व्यक्त गर्नुभयो ।

देशमा करिब ९० प्रतिशत दन्त चिकित्सा सेवामा निजी क्षेत्रले योगदान गरेको बताइएको छ । सो पदयात्रा नयाँ सडक, रत्नपार्क, जमल, इन्द्रचोक हुँदै पुनः वसन्तपुर पुगेर समापन भएको थियो । प्रत्येक वर्ष २० मार्चमा अन्तर्राष्ट्रिय रुपमा सो दिवस मनाइन्छ ।

यसै अवसरमा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टर, काठमाडौंले निःशुल्क दाँत परीक्षण गरेको छ । अस्पतालले सरकारी-निजी विद्यालयका २० हजार विद्यार्थीलाई लक्षित गरेर स्वास्थ्य योजना समेत सार्वजनिक गरको छ ।