३ कार्तिक २०८३, मंगलबार

एसएलसीमा श्रीमतीको परीक्षा दिने श्रीमान् नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SLC Boy & Girlमुगु, ६ चैत । प्रवेशिका परीक्षाको आज दोस्रोे दिन अनिवार्य नेपालीको परीक्षामा आफ्नी श्रीमतीका सट्टामा परीक्षा दिँदै गरेका अवस्थामा आज बिहान प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

नार्थपु गाविसमा रहेको जनज्योति उमाविबाट नियमिततर्फ सम्मिलित विजय माध्यमिक विद्यालय केन्द्रमा प्रवेशिका परीक्षा दिइरहेकी क्रमसङ्ख्या ०६०११६६ ‘टी’ रहेकी परीक्षार्थी धना नेपालीका सट्टामा परीक्षा दिइरहेका नेपालीका श्रीमान् वीरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवालले बताउनुभयो ।

प्रहरीको सञ्चारबाट सट्टामा परीक्षा दिने परीक्षार्थी प्रहरी नियन्त्रणमा परेको खबर आएकाले केन्द्राध्यक्षको सिफारिससाथ मुचुल्कासहित जिल्लामा आएमा शिक्षा ऐनमा भएको प्रावधानअनुसार दोषीलाई रु एक लाख जरिवाना, छ महिना कैद वा दुवै सजाय हुन सक्ने जिल्ला शिक्षा अधिकारी भक्तबहादुर ढकालले बताउनुभयो ।

परीक्षा केन्द्र जिल्ला सदरमुकाम गमगढीबाट १६ कोस र सञ्चार सेवाबाट टाढा भएकाले थप जानकारी आउन ढिला हुने गरेको पनि जिशिअ ढकालले बताउनुभयो । जिल्लाभर सात परीक्षा केन्द्र छन् ।