धरान, ६ चैत । पुर्वाञ्चलकै सबै भन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलको उपाधिका होडमा रहेका पुर्वका सुन्दरीहरु शुक्रबार इटहरीको सडकमा देखिए ।
उनीहरु त्यहा क्याटवाक गर्न नभई ट्राफिक नियम सिकाउन व्यस्त भए । दुई सातादेखी बन्द प्रशिक्षणमा रहेको पुर्वमा प्रशिक्षणकै क्रममा इटहरी चौकमा ट्राफिक सचेतनाका लागी पुगेका हुन् ।
प्रशिक्षण अन्तर्गत नै फाइनलिष्टहरुलाई सामाजिक कार्यमा सरिक गराउने उद्देश्यले उनीहरुलाई इटहरीमा ट्राफिक सचेतना कार्यक्रममा सहभागी गराइएको आयोजक सिल्भर इन्टरटेण्मेन्टले जनाएको छ ।
पुर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीको सहयोगमा भएको कार्यक्रममा मिस पुर्वाञ्चलमा सहभागी फाइनलिष्टहरुलाई क्षेत्रिय ट्राफिक कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुहरी कोइरालाले सहजीकरण गरेका थिए ।
प्रतियोगिताको फाइनल चरणको लागी छनौटमा परेका फाइनलिष्टहरुलाई व्यक्तित्व विकास, आम सञ्चार, सडक दुर्घटना नियन्त्रण, व्युटि टिप्स्, क्याटवक लगायतका विषयमा प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ ।
चैत्र अन्तिम साता हुने प्रतियोगिताको फाइनल चरणका लागी १४ जना सुन्दरीहरु सहभागी रहेका छन् । २०१० देखी सुरु भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा धरानसभा गृहमा हुन प्रतियोगिताका संयोजक सौरभ श्रेष्ठले वताए ।
प्रतियागिताको विजेताले मिस पुर्वाञ्चलको ताज सहित यामाहा को स्कुटी, उपविजेताले नगद ४० हजार र तेस्रो हुनेले नगद ३० हजार सहित विभिन्न उपहारहरु पाउने उनले जानकारी दिए ।
त्यसै गरी विजेताले मिस नेपालमा सिधै प्रतिष्पर्धा गर्ने अवसर पाउने छन् । प्रतियोगिताका विजेता उपविजेता सगै मिस ट्यालेण्ट, मिस भ्युर च्याइस, मिस क्याटवक, वेष्ट चार्मिङ वेष्ट पर्सानानिटि, वेष्ट फोटोजेनिक हुने समेत नगद ७÷७ हजार नगद पुरस्कार पाउने छन् ।















प्रतिक्रिया