– सन्दिप भट्ट
चितवन, ६ चैत । चितवनको भरतपुरमा रहेको स्टेप वाई स्टेप वोर्डिङ स्कुलमा शरदपुरमा शिक्षक पुर्नबहालीको माग गर्दै आन्दोलन गर्दा प्रहरी र अभिभावकबीच लाठीचार्ज भएको छ ।
गणित विषय पढाउँदै आइरहेका शिक्षकले विद्यार्थीलाई यौनदुव्र्यवहार गरेको आरोप लागेपछि स्कुल प्रशासनले निलम्बन गरेको थियो । विद्यालय प्रसाशन र अभिभावकबीच भएको सहमतिले उघ्र रुप लिएपछि लाठीचार्जबाट ६ जना बढी घाइते भएका छन् भने अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएको छ ।
एसएलसी दिदै गरेकी छात्रा माथि यौनदुव्र्यवहार गरेको उनीमाथि आरोप छ । घटनाको सत्य तथ्य पत्ता लगाएर दोषिलाई कारबाही गरिनुपर्ने अभिभावकहरुको माग छ ।
भरतपुर–९ स्थित शरदपुरमा रहेको स्टेप बाई स्टेप इंङलस स्कुलीसमा गत फागुन २ गते घटेको सो घटना शुक्रबार मात्र सार्वजनिक भएपछि अभिभावक आक्रोसित बनेका हुन्् ।
आरोपित शिक्षकले विद्यालय प्रशासनले घटनालाई बाहिरा जान नदिने भन्दै आफ्नो राजीनामा माग गरेर निर्दोष व्यक्तिलाई दोषी सावित गर्न खाजेको आरोप लगाए ।
प्रशासनले सत्य तथ्य पत्ता नलगाई एक तर्फी भनाईको आधारमा आफुमाथि झुटो आरोप लगाएको दावी गरे । गत बर्ष कक्षा ९ मा भर्ना भएकी छात्राले विद्यालयको होस्टलको वातावरण बिगारेको भन्दै विद्यालय प्रशासनले केही समय पहिले होस्टलबाट हटाएको थियो ।
आरोपी शिक्षकले विद्यार्थीलाई घरमै होम ट्युुसन पढाउदै आएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेबी गुरुङले पीडित बालिकाको भनाईका आधारमा शिक्षकलाई कारबाही स्वरुप निलम्बन गरिएको बताए । पीडित छात्राले भने यस बर्षको एसएलसी परीक्षा दिई रहेकी छिन् ।
यसैविच घटनाको विषयलाई लिएर अभिभावकले विज्ञप्ती जारी गर्दै घटनाको भत्सर्ना गरेका छन् । वाहिर ट्युसन पढाउने घटनाको परिवेशलाई लिएर विद्यालयको हाताभित्र विद्यार्थीहरुलई थुनेर अभिभावकलाई २ सय मिटर बाहिर राखी निर्घात कुटपिट गरेको प्रति आपत्ति जनाएका छन् ।
अभिभावकको माग र चाहना अनुसार विद्यालयका अध्यक्ष जेवी गुरुङ तथा स्कुलका प्राचार्य कृष्ण प्रसाद भट्टले तत्काल राजीनामा दिनुपर्ने अभिभावकको माग छ ।
उनीहरुलाई स्कुलको सम्पुर्ण दायित्ववाट मुक्त गर्नुपर्ने र घटनामा घाईते भएका अभिभावक तथा विद्यार्थीको उपचार स्कुल प्रशासनले गर्नुपर्ने अभिभाकको माग छ ।
फोटोः अभिभावक र विद्यालय प्रसाशनविच भएको छलफलमा आक्रोसित अभिभावक ।















प्रतिक्रिया