काठमाडौँ, ६ चैत । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही चैत ९ गते सोमबार चीन जानुहुने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टीका महासचिव कृष्णबहादुर महरा र उहाँकी धर्मपत्नी सीता दाहाल चीनको पश्चिम युनान प्रान्तको कुन्मिन सहरतर्फ जान लागेको उहाँका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो ।
अध्यक्ष दाहाल यही चैत १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।














प्रतिक्रिया