३० आश्विन २०८३, शुक्रबार

यसरी भयो एसिड काण्ड पर्दाफास, अर्का व्यक्तिलाई पनि सिध्याउन चाहन्थे जीवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jiban-BK

Acid-attack-Kathmandu

– पुष्कर कार्की, एसएसपी

प्रमुख, अपराध अनुसन्धान महाशाखा

जीवन र संगीताका परिवार एउटै घरमा बस्दा रहेछन् । तल्लो तलामा संगीताको परिवार, माथिल्लो तलामा जीवनको । जीवनले संगीता र उनका भाईलाई ट्युसन पढाइदिने काम गर्दा रहेछन् । त्यतिबेलादेखि नै जीबन र संगिताको सम्बन्ध बन्यो । तर, एक बर्षपछि प्रेम सम्बन्धमा दरार आयो । अनि सम्बन्ध पनि बिग्रियो ।

त्यसपछि बारम्बार बादविवाद हुन थाल्यो । जीवनमा बदलावको भाव आयो । एसिड हान्न उसले धेरै पहिलेदेखि योजना बनाएको रहेछ । धेरैपटक प्रयास गरेर पनि नसकेको रहेछ । एसिड काण्ड भएपछि लाहुरेलाई पनि सिध्याउछु भनेर घटना लगत्तै सिक्किम गएको उसले बयान दिएको छ ।