२९ आश्विन २०८३, बिहिबार

विश्वकै युवा नेता भएपछि गगन थापा बेल्जियम जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapaकाठमाडौं, ६ चैत । नेपाली कांग्रेसका नेता तथा सभाषद् गगन थापा बेल्जियम जान लागेका छन् ।

भर्खरै विश्व युवा नेताको सूचीमा नाम प्रकाशित भएका उनी नेपाली जनसपर्क समिति बेल्जियमले आयोजना गर्न लागेको अन्तरक्रियामा सहभागीता जनाउन बेल्जियम जान लागेका हुन् ।

थापासँगै युवा नेता धनराज गुरुङको उपस्थितिमा बेल्जियमका नेपाली संघसंस्था तथा समुदायबीच खुल्ला अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमलाई भव्य बनाउनको लागि नेपाली दुतावास बेल्जियम, बेल्जियममा रहेका सवै नेपाली संघसंस्था, पत्रकारहरु साथै डायस्पोरामा रहेका सवै जनसम्पर्क समितिहरु, युरोपियन जनसम्पर्क समन्वय समितिलाई आमन्त्रण गरिएको बेल्जियमका अध्यक्ष सन्तोष जोशी सुवासले अनुरोध गरेका छन् ।

आगामी २८ मार्च शनिवार बेल्जियमको स्थानिय शहर लुभेन शहरमा दिउँसो १ बजेबाट उक्त कार्यक्रम सुरु हुने बताइएको छ । नेपालको संविधान लेखन प्रकृया, भैरहेका प्रगतिहरु र तोकिएको समयमा नै संविधान जारी हुन नसक्नुका कारण बारेमा डायस्पोरामा रहेका नेपाली समुदाय र नेताद्धयबीच अन्तरकृया गरिने जनसम्पर्क समिति बेल्जियमका महामन्त्री शालिक गौतमले बताए ।

कार्यक्रमलाई भव्य बनाउनको लागि कोषाध्यक्ष दिनेश भण्डारीको संयोजकत्वमा आर्थिक समिति र सहमहामन्त्री सुवास गुरुङ्गको संयोजकत्वमा व्यवस्थापन समिति बनाइ व्यवस्थापकिय काम अगाडि बढाइएको छ ।

युवा नेता गगन थापा २६ मार्चमा जर्मनी पुग्ने, २७ मा जर्मन सरकारका उच्च स्तरिय अधिकारीसंग भेटघाट रहेको, २८ मार्चमा बेल्जियमम आयोजना भएको अन्तरक्रियामा सहभागी हुने, २९ मार्चमा नेपाली जनसंपर्क समिति पोर्तुगलको कार्यक्रमलाई शंवोधन गर्ने, २९ मार्चमा नेपाली कन्सुलर पोर्तुगलको कार्यलय उद्घाटन गरि कतार लाग्ने कार्यक्रम रहेको छ ।

अर्का नेता धनराज गुरुङ्ग भने केहि समय युरोपका अन्य देशहरुका कार्यक्रममा सहभागी हुने छन् ।