– विजय थापा
डिसी, अमेरिका । नेपाली मूलका जीवन तिवारीले भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट’मा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारीको घोषणा निर्वाचन क्षेत्र ८७ बाट गरेपछि रिपब्लिकन दलले गम्भीरतापूर्वक तिवारीको उम्मेदवारीलाई लिएको छ ।
उक्त क्षेत्रमा एसिएन मुलकका मानिसहरुको बसोबास ज्यादा हुनुको साथै नेपाली समुदायको पनि जनघनत्व निकै रहेको छ ।
तिवारीको निर्वाचन क्षेत्रमा हाल सम्म दुई पटक मात्र निर्वाचन भै सकेको उक्त क्षेत्रमा रिपब्लिकन दलका उम्मेदवारले दुई पटक झिनो मतले चुनाब जितेका थिए ।
यो निर्वाचन क्षेत्र नयाँ बनाईएको हो । भर्जिनियाको डेमोक्र्याटिक दलको आधिकारिक संजाल (वेब साइट)मा तिवारी दलको आधिकारिक उम्मेदवार भएको जनाएको छ ।
पहिलो निर्वाचनमा करिब ५० मतको फरक र दोस्रो निर्वाचनमा १ सय ८७ मतले रिपब्लिकन पार्टीका उम्मेदवारले जितेका थिए । वाशिंगटन डिसी वरपरका अन्य निर्वाचन क्षेत्र भन्दा यो क्षेत्र अत्यधिक प्रतिस्पर्धा क्षेत्र मानिन्छ ।
कडा प्रतिस्पर्धा हुने भएकोले डेमोक्र्याटिक दलले प्राथमिक चरण मै आफ्नो दलभित्र बाट नै प्रतिस्पर्धा गराउन नचाहेको बुझिएको छ ।
डेमोक्र्याटिक दलका उक्त क्षेत्रका लागि अन्य उम्मेदवार बन्न चाहना राख्ने उम्मेदवारहरुले तिवारीलाई समर्थन गरि सकेका छन् । दुई पटक डेमोक्र्याटिक दलले उक्त क्षेत्रमा पराजित भोग्नु परेको थियो ।
डेमोक्र्याटिक दलको तर्फबाट हाल सम्म उक्त क्षेत्रका लागि तिवारी बाहेक कसैले पनि उम्मेदवारी दिएका छैनन् । र उम्मेदवारी नदिएको कारण डेमोक्र्याटिक पार्टीका उम्मेदवार तिवारी प्राथमिक चरणको निर्वाचनमा पार्टीको तर्फबाट निर्बिरोध हुने प्रवल सम्भावना बढेर आएको छ ।
आगामी मार्च २१ र २२ तारिख डिसी महानगर क्षेत्रमा एनआरएन अमेरिकाको तेस्रो अधिवेशन हुने भएको कारण औपचारिक घोषणा ढिला हुन् गएको बताउँदै तिवारीले त्यसपछि औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
सबै नेपाली समुदायको साथ लिदै घोषणा गर्ने योजना रहेको बताउँदै नेपाली समुदाय द्वारा आफुले पूर्ण सहयोग प्राप्त गर्ने आशा तथा विश्वास रहेको तिवारी बताउदछन ।
तिवारीलाई डेमोक्र्याटिक दलबाट पूर्ण समर्थन र सहयोग हुने भएको छ । आगामी जुन ९ मा प्राथमिक र नोभेम्बरमा ३ मा अन्तिम चरणको निर्वाचन हुनेछ ।
तिवारी प्राथमिक चरणको निर्वाचनमा पार्टीको तर्फबाट निर्बिरोध हुने प्रवल सम्भावना बन्दै गएकोले केवल नोवेम्बरमा हुने निर्वाचनमा मात्र रिपब्लिकनका प्रतिद्वन्दी संग चुनाब लड्नु पर्ने छ ।















प्रतिक्रिया