काठमाडौं, ६ चैत । युवा संघभित्रको विवाद चर्किँदै गएपछि नेकपा एमालेको युवा फाँटका प्रमुख शेरबहादुर तामाङले समानान्तर भेला रोक्न निर्देशन दिनुभएको छ ।
एमाले केन्द्रीय सदस्य समेत रहेका युवा फाँट प्रमुख तामाङले शुक्रबार विज्ञप्ति जारी गरी युवा संघको संस्थापन र असन्तुष्ट दुवै पक्षको भेला रोक्न निर्देशन दिनुभएको हो ।
े
युवा संघको संस्थापन पक्षले चैत ७ र ८ गते हेटौँडामा युवा परिषद् बैठक र केन्द्रीय समितिको बैठक बोलाएको थियो । यसैगरी, असन्तुष्ट पक्षले चैत ७ गते काठमाडौँमा भेलाको आयोजना गरेको थियो । यो दुवै बैठक र भेला स्थगित गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
तर, हेटौंडामा गर्ने भनिएको जनसभा भने स्थानीय कमिटीको आयोजना गर्न निर्देशन दिइएको छ ।
हेर्नुस् विज्ञप्ति जस्ताको तस्तै:
















प्रतिक्रिया