बाजुरा, ६ चैत । बाजुरामा प्रवेशिका एसएलसी परीक्षा दिन सदरमुकाम आएकी एक एक छात्रा बलात्कृत भएकी छन् ।
ग्रामिण गाउँबाट बाजुराको मातृडी आएकी १७ वर्षीया बलात्कारको सिकार भएकी हुन् । ती युवतीलाई बाजुराको साप्पाटा गाविस १ घर भई मार्तडीमा बस्दै आएका ३० वर्षीय दीलबहादुर रोकायाले परीक्षाको एक दिन अगाडी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
ग्रामीण क्षेत्रबाट एसएलसी परीक्षा दिन मार्तडी आएकी छात्रालाई रोकायाले डेरा गरी बसेको कोठामा राति खुकुरी देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नारायण चन्दले जानकारी दिनुभयो ।
इन्सपेक्टर चन्दका अनुसार अभियुक्त रोकायालाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको छ । पीडित छात्राका बुबाले प्रहरी कार्यालयमा उजुरी दिएपछि रोकायालाई प्रहरीले पक्राउ गरेको थियो ।
बलात्कार भएपनि छात्राले सहयोगी लिएर परीक्षा दिएकी छिन् ।
गतवर्ष सुदूरपश्चिमको बैतडीमा पूजा नामकी युवतीलाई सदरमुकाम एसएलसी दिन आएको बेला पानीमा उत्तेजक पदार्थ हालेर वेहोस बनाई सामुहिक बलात्कार गरिएको थियो ।















प्रतिक्रिया