काठमाडौं, ६ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपाली काँग्रेसका उपसभापतिको घर कब्जा गरेको छ ।
विप्लव माओवादीले विहीवार कांग्रेस कास्कीका उपसभापति बिष्णु बाँस्तोलाको घर कब्जा गरेको हो ।
नगरविकास समितिको अध्यक्ष भएका बेला उपसभापति बाँस्तोलाले पोखरा बसपार्कको जग्गाबाट आर्थिक अनियमितता गरेको भन्दै घर कब्जामा लिइएको विप्लव माओवादीले जनाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा बलबहादुर थापालाई विप्लव माओवादीले आर्थिक अनियमितता गरेको आरोपमा विरेन्द्रनगरको गणेशचोकमा कालोमोसो दलेको छ ।
प्रशासन कार्यालयमा आर्थिक अनियमितता गरेको भन्दै मुख्यबजार क्षेत्र गणेशचोकमा कालोमोसो दलेर जुत्ताको माला लगाएको हो ।
जनगुनासो र उजुरीका आधारमा जनकारबाही सुरु गरेको माओवादीले नायव सुब्बा थापालाई कालोमोसो दलेको हो । पछिल्ला दिनमा नेकपा माओवादीले जग्गा कब्जा र कालोमोसो दल्ने कामलाई तिब्रता दिएको छ ।














प्रतिक्रिया