नयाँदिल्ली । श्रीमान श्रीमतीबीच विश्वासको सम्बन्ध हुन्छ । जसअनुसार यौन सम्बन्ध पनि जोडिएको हुन्छ । वशं विस्तारका लागि पनि दम्पत्तीबीच यौनसम्बन्ध हुनु जरुरी हुन्छ ।
त्यो दम्पत्तीले जन्माएका छोराछोरीमाथि यौन शोषण गर्ने अधिकार हुँदैन् । तर, भारतको एक सहरमा एक दम्पत्तीले आफ्नै छोरीमाथि यौन शोषण गरेका छन् ।
भारतको जालंधरमा आमाको सहमतिमा बाबुले आफ्नै छोरीमाथि लगातार यौनशोषण गर्दै आएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार बाबुले १५ वर्षीय छोरीलाई आमाकै अगाडी शोषण गर्ने गरेको रहस्य खुलेको हो ।
जसमा आमाले आफ्ना श्रीमानलाई सहयोग गर्ने गरेकी थिईन् । आमाबुबाले मिलेर शोषण गरेपछि युवतीको विचल्ली भएको थियो । उनलाई कसैलाई शोषणा गरेको भनेमा घरबाट निकालिदिने धम्की सम्म दिएका थिए ।
ती युवतीलाई एउटा कोठामा राखेर बन्धक बनाइएको थियो । तर ती युवती हिजो राति भागेर प्रहरीको शरणमा पुगेकी छिन् ।
युवतीको उजुरीपछि प्रहरीले अभियुक्त आमाबुबा दुवैलाई पक्राउ गरेर छानविन थालेको छ । एजेन्सीको सहयोगमा













प्रतिक्रिया