रामेछाप, ५ चैत । नेकपा एमाले प्रचार विभाग प्रमुख तथा सचिव प्रदीप ज्ञवालीले अब हुने स्थानीय निर्वाचनमा एमालेलाई पहिलो पार्टीको रुपमा नउभ्याएसम्म मुलुक समस्याबाट मुक्त नहुने बताउनुभएको छ ।
जिल्ला कमिटी प्रचार तथा प्रकाशन विभाग रामेछापको आयोजनामा विहीबार जिल्ला प्रचार भेलालाई सम्बोधन गर्दै सचिव ज्ञवालीले नेपाली कांग्रेसलाई नेपाली जनताले ४ पटक ठूलो पार्टी बनाएको भन्दै अन्तिममा कांग्रेसले जनताको सत्ता राजालाई सुम्पेको आरोप लगाउनुभयो ।
देशलाई सहि ढंगवाट अगाडि बढाउन र विकासमा फड्को मार्न एमाले पहिलो शक्ति हुनुपर्ने उहाँको धारणा छ ।
प्रशिक्षणको क्रममा एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाप्रति लक्षित गर्दै नेता ज्ञवालीले ६ महिनाभित्र संविधान संविधानको मस्यौदा र १ बर्षभित्र संविधान जारी गर्ने भिष्म प्रतिज्ञा गरेको एमाओवादीले सबै कुरा भुलेको बताउदै उनले भने-‘संविधानसभाको चुनाव भएकै दिन प्रचण्डले सबैलाई उछिन्दै वा वा निर्वाचन आयोग, वा वा खिलराज रेग्मीको सरकार, इतिहासको निष्पक्ष चुनाव भनेर तारिफ गरे, जब मत परिणाम आउन थाल्यो सबैतिर सूर्य र रुख आउन थालेपछि प्रचण्डले सेनाले गलत गर्यो भनी आरोप लगाएको बताउनुभयो ।
एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाए देशव्यापी स्वरोजगार कार्यक्रमको सञ्चालन गरेर बेरोजगारीको अन्त्य गर्ने उहाँको भनाई छ । एमालेको नेतृत्वमा एक दशकमा मुलुकको आर्थिक कायापलट नेता ज्ञवालीको दावी छ ।
एमाले रामेछाप प्रचार विभाग प्रमुख प्रकाश कार्कीको अध्यक्षतामा विहीबार सम्पन्न भएको जिल्ला कमिटीको जिल्ला प्रचार भेलामा गाउँगाउँबाट आएका नेता कार्यकर्तालाई सचिव ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा एमाले केन्द्रीय बैकल्पिक सदस्यद्धय देवशंकर पौडेल, माधव ढुगेंल, पूर्व एमाले रामेछाप अध्यक्ष कैलाश ढुगेंल, एमाले रामेछाप जिल्ला अध्यक्ष शान्ति पौडेल लगायतले सम्बोधन गरेका थिए ।
उनीहरुले रामेछाप जिल्लाका गाउँ कमिटीको अधिवेशन भइरहेको अवस्थामा माओवादी र कांग्रेस लगायतका नेता तथा कार्यकर्ता एमाले आउन आतुर रहेकाले उनीहरुलाई व्यवस्थापन गरी पार्टीको सिद्धान्त अनुसार अगाडी बढ्न कार्यकर्तालाइ आग्रह गरे ।
गाउँ क्षेत्रमा आफ्नो पार्टीको पकड बनाउन नसकेसम्म पार्टीको सिद्धान्त अनुसार देशलाइ निकास दिन नसकिएको भन्दै एकताबद्धभएर लागी पर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कार्यक्रममा एमाओवादी रामेछाप जिल्ला समिति सदस्य रोजलामा, रामेछाप ९ नम्बर इलाका सचिव जनक राणा, युवानेता विरबहादुर लगायतका माओवादी नेता एमाले प्रवेश गरेका छन् ।
















प्रतिक्रिया