काठमाडौँ, ५ चैत । चिकित्साशास्त्र अध्यनन संस्थान (आइओएम) फ्याकल्टी बोर्डको आजको बैठकले नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन नदिने निर्णय गरेको छ ।
बैठकले आइओएमकै क्षमता नभएको भन्दैै नयाँ कलेजलाई सम्बन्धन दिन नसक्ने ठहर गरेको हो ।
यथास्थितिमा तत्कालका लागि सम्बन्धन दिन सक्ने अवस्था नदेखिएको र नयाँ कजेललाई सम्बन्धन दिँदा आइओएमले अनुगमनदेखि परीक्षा दिन सक्ने अवस्था नरहेका कारण सो निर्णय भएकोे अध्ययन संस्थानका डीन डा राकेश श्रीवास्तवले जानकारी दिनुभयो । यो निर्णयसँगै आवश्यक पूर्वाधार तयार नभएसम्म कुनै पनि नयाँ कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि नबढ्ने देखिएको छ ।
चिकित्सक डा गोविन्द केसीको अनसन तोडाउने सन्दर्भमा सरकारसँग नयाँ सम्बन्धन नदिने सहमति भएको थियो । तर पछिल्लो समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै सम्बन्धन सम्बन्धमा प्रक्रिया अघि बढाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले फ्याकल्टी बैठकका लागि पटकपटक ताकेता गरेको थियो ।
मनमोहन मेडिकल कलेजसहित चार कलेजले सम्बन्धनका लागि लामो समयदेखि आवेदन दिएका थिए ।
















प्रतिक्रिया