महेन्द्रनगर, ५ चैत । समयमै शुल्क बुझाउन नसकेर एसएलसी परीक्षाबाट वञ्चित हुने भएका विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीले निर्देशन दिएपनि कञ्चनपुरका छुटेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
प्रधानमन्त्रीको निर्देशनका बाबजुद पनि विद्यार्थीले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ ।
शुल्क नबुझाएकै कारण मात्र परीक्षाबाट विद्यार्थीहरु वञ्चित नभएको जनाउँदै शिक्षा कार्यालयले परीक्षाबाट वञ्चित विद्यार्थीलाई तत्काल सम्पर्क गर्न र परीक्षामा सहभागी गराउन सम्भव नभएको जनाएको छ ।
कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउँदले हाजिरी नपुगेका, प्रयोगात्मक परीक्षामा सहभागी नभएका र राजश्व नबुझाएका विद्यार्थी परीक्षाबाट वञ्चित भएकाले छुटेका विद्यार्थीलाई तत्कालै परीक्षामा सहभागी गराउन नसकिएको बताउनुभयो ।
विद्यार्थीले परीक्षामा सहभागी हुन प्रवेशपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका लगायत आवश्यक पर्ने भएकाले लामो प्रक्रिया पुरा नगरेकै तत्कालै परीक्षामा सहभागी गराउन नसकिएको शिक्षा कार्यालयले जनाएको छ ।
विभिन्न कारणले कञ्चनपुरका २ सय ४८ विद्यार्थी यस वर्ष एसएलसी परीक्षाबाट वञ्चित भएका छन् ।















प्रतिक्रिया