३ कार्तिक २०८३, मंगलबार

प्यूठानमा बम विस्फोट, एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bom-ilamप्यूठान, ५ चैत । प्यूठानमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओखरकोट–५ आहालखोलामा आज दिउँसो २ बजेपछि बम विस्फोट हुँदा स्थानीय ६५ वर्षीया नमाकुमारी पोख्रेलको मृत्यु भएको हो ।

घटनामा एक जनाको मृत्यु भए पनि अन्य क्षति नभएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।

जङ्गलबाट दाउरा लिएर घरतर्फ आउँदै गर्दा पोख्रेलको बारीमा विस्फोट भएको र उहाँको मृत्यु भएको स्थानीय हिमाल एमसीले बताउनुभयो ।

द्वन्द्वकालदेखि लगातार खेती गर्दै आएको बारीमा विस्फोट भएकाले घटनाका बारेमा अनुसन्धान सुरु भएको उपरीक्षक कार्कीले बताउनुभयो ।

खेती गर्दै गरेको र दैनिक हिँड्डुल गर्ने स्थानमा विष्फोट भएकाले घटना रहस्यमय भएको आफन्तहरुको भनाइ छ । विस्फोट हँुदा उहाँका परिवारमा वृद्ध दम्पत्ती मात्रै रहेको एमसीले बताउनुभयो ।

अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्, प्रहरी प्रमुख कार्की र जिल्लास्थित सरोकारवाला निकाय जाँदै हुनुहुन्छ । रासस