२९ आश्विन २०८३, बिहिबार

अमेरिकाको क्यालीफोर्नियामा भव्यताका साथ विश्व नारी दिवस मनाईयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4विजय थापा
डिसी, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा १०५औ विश्व नारी दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

‘उठौ दिदीबहिनी संसारमा लम्कन, ब्युझौ दिदीबहिनी हाम्रो ईतिहास कोर्न’ भन्ने सन्देशका साथ नेपाली महिला विश्व संजाल (एनडब्लुजीएन)क्यालिफोर्निया शाखाको आयोजनामा भब्यताका साथ विश्व नारी दिवस मनाइएको हो ।

बिष्णु गुरुङ ‘एकता’को अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा फियानो माँ स्टेट बोर्ड अफ ईक्वालाइजेसनका सदस्य मुख्य अथिति रहेका थिए । बिशेष अतिथिको रुपमा निर्देशक–निर्माता एवं नायक आकाश अधिकारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन अप्सरा सिजापति तथा सांस्कृतिक संयोजक लक्ष्मी खरेलले गरेका थिए ।

दियो प्रज्वलन साना नानीहरुबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा स्थानीय आमा साथै समाजसेवी महिलाहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।

नेपाली समाजमा लामो समय देखि दिदीबहिनीहरुलाई हरेक किसिमले मदत गर्दै आउनु भएकी मिना श्रेष्ठलाई कम्युनिटी ईस्ट्याण्डिङ्ग पुरस्कारले सम्मान गरिएको थियो । प्रशसा पुरस्कार जस बहादुर गुरुङ तथा अध्यक्ष पुरस्कार खड्का सिजापतिलाई प्रदान गरिएको थियो ।

अमेरिकामा आएर उच्च शिक्षा हासिल गरेका किशोरीहरुलाई अचिभमेन्ट पुरस्कारले सम्मान गरिएको थियो भने उक्त पुरस्कारबाट सम्म्मानित हुनेहरुमा अदिति दाहाल, सन्ध्या धिताल, आङ डिकी शेर्पा, माया शेर्पा, रेष्मा दवाडी, कबिता खड्का, शीला गुरुङ, मन्दोदरी लिम्बु तथा शशी गुरुङ थिए।

नारीको सम्मान, स्वत्रन्त्रता, हक अधिकार, आत्मसम्मान देखि विश्व नारी दिवस र संजालसँग सम्बन्धित बिभिन्न बिषयबस्तुमा बिभिन्न महिलाहरुले विचार राखेका थिए ।

तिमि बिना अधुरो छ सधै यो संसार सपनाहरु पुरा गर्न पाईलाहरु अघि सार भनेर दिदी बहिनीहरुलाई ब्युझन आब्हान गर्दै गायिका लक्ष्मी खरेल साथै साथीहरुको स्वरमा उद्घाटन गीत घन्काउदै सांस्कृतिक साँझ संदेशमूलक साथै रमणीय बनाएका थिए ।

यस साँझमा भाग लिने कलाकारहरुमा सुरंगना सिजापति, प्रकाश पोख्रेल, प्राप्ती अधिकारी, सुमी महर्जन, आकृति पाण्डे, सुबास सिजापति, प्रासिस गौतम, तिप्तिम निरौला, एरिक, र रमा पोख्रेलले कबिता बाचन गरेकी थिइन् ।

महिलाको पहिचान गृहणी होईन् । कुनै पनि काम महिला भएकै कारण असम्भव भन्ने कुनै कुरा छैन बश पाईला अघि सार भन्ने संदेश दिदै दिदीबहिनीहरुले नाटक प्रस्तुत गरेका गरेका थिए ।

नाटकमा भाग लिने पात्रहरुमा लक्ष्मी खरेल, अप्सरा खड्का सिजापति, सुनिता भण्डारी थापा, बिन्दु सापकोटा, मिना खड्का कार्की, सिन्धु पोख्रेल, शोभा अधिकारि तथा सबिना भट्टराई थिए । नाटक सुवानी सिजापतिले रचेकी थिइन् ।

उल्लेख्य सहभागिता रहेको उक्त अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम संचालन मनु पुन, रश्मिता डंगोल, संगीता गुरुङ र सुनिता सापकोटाले गरेका थिए । कार्यक्रममा कासा अश्टेका, दुर्गा दाहाल लक्ष्मी चौधरी, राजन थापा, डिल्ली भट्टराई, सगरमाथा ट्याक्स सर्विस तथा ईश्वर सिटौलाले आर्थिक सहयोग गरेका थिए ।

7    3 2