३ कार्तिक २०८३, मंगलबार

कञ्चनपुरको रौतेलीविचुवामा सरसफाई अभियान तिव्र

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpurमहेन्द्रनगर, ४ चैत । कञ्चनपुर जिल्लालाई सन २०१७ भित्र खुला दिशामुक्त घोषणा गर्ने लक्ष्य अनुसार जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महेन्द्रनगरले जिल्लाको दक्षिणी क्षेत्रको एक गाविसमा सरसफाई बारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

खानेपानी कार्यालयले बुधबार दक्षिणी क्षेत्रको रौतेलीविचुवा गाविसमा सरसफाई बारे अभिमुखीकरण कार्यक्रम संचालन गरेको रौतेलिविचुवाका सचिव मोहन देव विष्टले जानकारी दिनुभयो ।

सचिव विष्टका अनुसार खानेपानी कार्यालयले खुलादिशा मुक्त घोषणाको कार्यक्रम अनुसार रौतेलीविचुवा सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारी र स्वच्कताकर्मीहरुलाई सो अभिमुखीकरण गराएको छ ।

खानेपानी कार्यालयका शाखा अधिकृत तथा सूचना अधिकारी गौराज बहादुर लिम्बुले सरसफाईका बारेमा कार्यपत्र प्रस्तुत गर्दै स्थानियहरुलाई सरसफाईको महत्व बारे जानकारी गराएका छन् ।

चाँडै रौतेलीलाई खुला दिशामुक्त घोषणा गर्न समेत शाखा अधिकृत लिम्बुले आग्रह गरेका छन् । रौतेलीविचुवाका राजनीतिक दल, नागरिक समाज, बृद्धिजीवि लगायतले आउँदो जेठ भित्रै गाविसलाई खुलादिशा मुक्त घोषणा गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । नेपाली काँग्रेस, एमाले, एमाओवादी, माओवादी जनमोर्चा लगायतका दलहरुले सो प्रतिबद्धता जाहेर गरेका हुन् ।

भारतीय सीमा नाकासंग जोडिएको उक्त गाविसलाई शौचालयका साथै सरसफाई राख्नुपर्ने स्थानिय अगुवाहरुको भनाई छ । राज्यले दक्षिणी क्षेत्रमा खानेपानीमा सेवा सुविधा नदिएको स्थानिय युवा अगुवा विमल धामीले बताए ।

धामीका अनुसार राज्यले दक्षिणी क्षेत्र रौतेलीविचुवामा खानेपानीको सुविधा नदिएको भन्दै यहाँका नागरिकहरु मुहानको पानी खान बाध्य भएको उनको भनाई छ ।

रौतेलीविचुका स्थानियहरुले गाँउमै खानेपानीको व्यवस्था गरिदिन समेत खानेपानी कार्यालयसित माग गरेका छन् । रौतेलीविचुवाका सचिव मोहन देव विष्टले आउँदो बैशाख भित्रै गाविसलाई खुलादिशा मुक्त घोषणा गर्ने लक्ष्य लिएको बताए ।

खानेपानी कार्यालयका अनुसार लक्ष्मीपुर, दोधारा, चाँदनी यस अघि नै खुलादिशा मुक्त घोषणा भईसकेका छन् । रौतेलीविचुवा सबैभन्दा सानो भूगोल र जनसंख्या भएको गाविस हो ।