– रबिना बोहरा
बागलुङ, ४ चैत । बागलुङमा आगामी चैत २८ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुले युद्धस्तरबाट चुनाव प्रचार प्रसार अभियान तिब बनाएका छन् ।
यस्तै, नेकपा एमालेको चुनाव प्रचार प्रसार अभियान पनि तिब्र रुपमा चलिरहेको छ । उपनिर्वाचनलाई लक्षित गरी नेकपा एमालेले बुधबार वानपा १० र ११ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार मना कुमारी केसीले बागलुङ जिल्लामा आफुले दुःख र संघर्षले गरेको राजनीतिक जिवनको मर्म बुझेर नेकपा एमालेको पक्षमा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
केसीले बागलुङको महिला अधिकार, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा पुर्याएको योगदानको जिल्लाबासीले सही कदर गरेर उपनिर्वाचनमा आफुलाई सहयोग गर्नेमा विश्वस्त भएको बताउनु भएको थियो ।
कार्यक्रममा जनक पौडेल, इन्द्रलाल सापकोटा तथा हिरा बहादुर केसीले एमालेको विजय नै बागलुङबासीको विजय हुने भन्दै उपनिर्वाचनमा एमालेको पक्षमा मतदान गर्न जिल्लाबासीलाई आग्रह गर्नुभयो ।
नेकपा एमालेको जुजारु महिला नेत्री केसीको विजयले बागलुङ जिल्लाको विकास संगै, शोषित पीडत महिला, बालवालिका, वृद्ववृद्वा सबैको विजय हुने भन्दै सबैलाई सहयोग गर्ने आग्रह गर्नुभएको थियो ।
यसैबीच नेकपा एमालेको उपनिर्वाचन परिचालन कमाण्ड नं. ३ को आयोजनामा बुधबार बसेको भेलाले निर्वाचन परिचालन कमिटी गठन गर्नको लागि १२ जना ईन्चार्जहरुलाई छनौट गरेको छ ।
ईन्चार्जहरुमा बानपा १ को लागि गोविन्द गौतम, बानपा २ मा शान्ती ज्ञावली, बानपा ३ मा हिमाल शर्मा, बानपा ४ मा प्रकाश सापकोटा, बानपा ५ मा हिरा केसी, बानपा ६ मा हरिनारायण गौतम, बानपा ७ मा जनक पौडेल, बानपा ८ मा कुल बहादुर कार्की, बानपा ९ मा खेमराज सापकोटा, बानपा १० मा खगराज पाण्डे, बानपा ११ मा भरत पुरी र मालीकाको लागि शिव सापकोटालाई छनोट गरेको नगर कमिटि सचिव प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
भेलामा बोल्दै कमाण्ड नं. ३ का ईन्चार्ज जनक पौडेलले जिल्लाका सबै नेताहरु निर्वाचनको लागि एक भएर लागेको र सबै वडाका कमिटीहरु पनि एक भएर निर्वाचनको लागि लाग्नुपर्ने बताउनुभयो ।
क्षेत्रीय कमिटीका सचिव खेम सापकोटाको अध्यक्षता र नगर कमिटीका सचिव प्रकाश सापकोटाको संचालन रहेको भेलामा आर्थिक कमाण्डका प्रमुख केबी रानामगरले आर्थिक आचारसंहिता प्रस्तुत गर्नुभएको थियो भने निर्वाचन कानुन तथा मतदाता शिक्षा कमाण्डका प्रमुख गोविन्द गौतमले मतदाता शिक्षाको बारेमा जानकारी दिनुभएको थियो ।















प्रतिक्रिया