दोहा, कतार । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष कमरेड सिराज अहमद फारुकीसंग नेपाली प्रवासी नेपाली मञ्च तथा प्रेस चौतारी शाखा कतारले भेटघाट गरेको छ ।
उनले कतार बसाई, नेपालमा पार्टीले गरेका गतिबिधि तथा प्रवासमा पार्टीले हेर्ने दृष्टिकोण व्यक्त गरेका थिए ।
केहि समयदेखि कतारमा रहदै आएका फारुकीसंग प्रवासी नेपाली मञ्च कतारको राष्ट्रिय कमिटीका सदस्य, सल्लाहाकार परिषद्का सदस्य, निवर्तमान कमिटीका सदस्य तथा प्रेस चौतारी शाखा कतारका प्रतिनिधि तथा पदाधिकारीहरुले मंगलबार भलाकुसारी गरेका हुन् ।
भेटपछि फारुकीले आफ्ना कुराहरु राख्ने क्रममा मुस्लिम र मधेसीको हकमा पहिले भन्दा आहिले फरक तथा समावेशीकरण गर्दै सबैलाई समेटेर लैजाने योजना पार्टीको रहेको बताएका छन् ।
नेपाल तथा प्रवासमा जुन सुकै स्थानमा किन नहोस मुस्लिम तथा मधेसीहरुलाई पार्टीमा अबद्द गराउनको लागि आफु पार्टी बिरोधी शक्तिहरुलाई चिर्दै अगाडी बढ्ने प्रयास जारी राखेको छु । मधेसी र मुस्लिममा धेरै भिन्नता भएपनि समावेशी गर्दै लैजानुका साथै यसबारे पनि आफुले पार्टीमा पनि स्पष्ट धारणा राखेको उनले बताए ।
प्रवासमा रहेका कार्यकर्ताको लागि भने पार्टीको प्रस्ट नभएको बताएका उनले जसले जे भनेको भएपनि प्रवासमा मात्र सिमित भएको जनाएका छन् ।
सात समुन्द्रपारी भएर पनि पार्टीलाई मर्यादित रुपमा आफ्नो सम्झने कार्यकर्ताको हकमा भने पार्टीमा कुनै योजना छैन । गफैको भरमा प्रवासी कार्यकर्तालाई मक्ख परेकोमा दुखेसो समेत ब्यक्त गरेका थिए ।
जेष्ठ १५ भित्र संबिधान जारी हुने ठोकुवा समेत गरेका कमरेड फारुकीले कांग्रेसको राजनीतिक चलखेलले गर्दा संविधानको जारी हुन नसकेको पनि आरोप लगाएका छन् ।
संबिधान निर्माणमा लोकतान्त्रिक गणतन्त्र, धर्म निरोपेक्षता, समावेसी, तथा संघीयताको बिषयमा पार्टीको स्पष्ट धारणा रहेकोले एमाले संबिधान निर्माणमा कुनै अवरोध नगरको जिकिर गरेका थिए ।
कमरेड फारुकीसंग उपस्थित प्रवासी नेपालीले केही प्रश्नका साथै गुनासो समेत गरेका थिए । त्यसै क्रममा मञ्चका अध्यक्ष कमरेड रामहरी गैरेले पार्टीको प्रवास नीति प्रस्ट नभएको गुनासो गरेका थिए । साथै प्रेस चौतारीलाई जन्माएर छोडेको हावापानी छेक्ने छाप्रोको व्यवस्थापन नगरेको हुँदा चौतारीको आवाजलाई केन्द्रीय कमिटी समक्ष राखिदिन समेत अनुरोध गरेका थिए ।
मञ्चका अध्यक्ष रामहरी गैरेको अध्यक्षतामा नेकपा एमालेका केन्द्रीय कमिटीका सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सिराज अहमद फारुकीको बिशेष अतिथ्यतामा रहेको थियो ।
मन्चका उपाध्यक्ष गणेश सिवाले स्वागत मन्तब्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव हरि बस्नेतले गरेका थिए ।
















प्रतिक्रिया