– सन्दिप भट्ट
चितवन, ४ चैत । नेपाल बार एशोसिएसनले चितवनमा गर्न लागेको १३औं राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।
विहिवार भव्य समारोहकाबीच राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने बुधवार निपनीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ ।
उद्घाटन समारोहमा प्रधानमन्त्री शुशिल कोईराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रधानन्यायधीश, विभिन्न दलका प्रमुखहरुले समेत सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको निरन्तरता, स्वतन्त्र न्यायपालिका र आर्थिक विकासका लागी पेशागत दक्षता’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा देशभरका ३ हजार भन्दा बढी कानुन व्यवसायी, ल एसियाका अध्यक्ष, आईबीएका प्रतिनिधी, नेपालका लागी विभिन्न देशका राजदुतहरु, न्यायधीशहरुलगायत कानुन र न्यायका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरुको सहभागीता रहने केन्द्रिय महासचिव सुनिलकुमार पोखरेलले जानकारी दिए ।
सम्मेलनमा न्याय र कानुनसंग सम्बन्धीत नौ वटा क्षेत्रका विभिन्न विषयहरुमा ९३ वटा कार्यपत्र प्रस्तुत भई समुहगतरुपमा छलफल गरी निष्कर्ष निकाल्ने महासचिव पोखरेलले बताए ।
लोकतान्त्रिक संविधानका अन्तरवस्तुहरु र तीनको विवेचना, न्यायपालिका र कार्यपालिकासंग सम्बन्धीत काम कारवाहीको समिक्षा, आर्थिक विकास, वाणिज्य कानुन र पेशागत दक्षता लगायतका विषयमा छलफल गरी निष्कर्ष निकालेर चितवन घोषणा पत्र जारी गरिने बारका अध्यक्ष हरिकुमार कार्कीले बताए ।
कानुन, न्याय, सविधानसभा तथा संसदीय मामिला मन्त्रीको आतिथ्यतामा सम्मेलनको समापन गरिने आयोजकले बताएको छ । सम्मेलन ७ गतेसम्म चल्नेछ ।
















प्रतिक्रिया