काठमाडौं, ४ चैत । शुल्क तिर्न नसकेर वञ्चित हुन लागेका एसएलसीका परीक्षार्थीले अब निःशुल्क परीक्षा दिन पाउने भएका छन् ।
समयमै शुल्क बुझाउन नसकी कञ्चनपुरमा दुई सय बढी बिद्यार्थीहरु एसएलसी परीक्षा दिनबाट बञ्चित भएको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण जनाउदै परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।
कञ्चनपुरका दुई सय ४८ विद्यार्थीले फागुन १० गतेसम्म शिक्षा कार्यालय र शिक्षा कार्यालयले फागुन १५ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा शुल्क बुझाउने म्याद अनुसार समयमै शुल्क नबुझाएका कारण एसएलसी परीक्षा दिनबाट बञ्चित हुन लागेका थिए ।
‘अन्य जिल्लामा पनि परीक्षार्थीहरु वञ्चित छन्, को को छन् ? छानविन गरी शुल्क तिर्न नसकेको कारणले मात्र परीक्षा दिन नपाउने अवस्था भएमा अविलम्ब त्यस्ता विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई लिखित निर्देशन दिइएको छ’, मन्त्रीपरिषद्द्धारा जारी विज्ञप्तीमा भनिएको छ ।















प्रतिक्रिया