३ कार्तिक २०८३, मंगलबार

एसएलसी दिने परीक्षार्थीको रहस्यमय हत्या भएपछि चितवनमा आजपनि प्रदर्शन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwanरत्ननगर (चितवन), ४ चैत । पूर्वी चितवन खैरहनीको नेपाल आदर्श शिक्षा सदनका एक विद्यार्थीको मृत्यु प्रकरणले विद्यालयमा तनाब उत्पन्न भएपछि उक्त स्कुलको परीक्षा केन्द्र सारिएको छ ।

जिल्ला शिक्षा कार्यालयले आज दिएको जानकारीअनुसार उक्त विद्यालयमा रहेको परीक्षा केन्द्र रद्द गरी खैरहनी उच्चमाविलाई परीक्षा केन्द्र तोकिएको छ । यहाँ यस वर्ष दुई केन्द्र सञ्चालन हुने भएका छन् ।

उक्त विद्यालयका विद्यार्थी गौरव बस्नेत यही चैत १ गते छात्रवासमै मृत फेला परेपछि अहिले स्कुलका सबै गतिविधि बन्द छन् भने पीडितका आफन्त आन्दोलनमा छन् । उक्त विद्यालयमा डेजी आमावि र ग्लोसाइन एकेडेमीका विद्यार्थीको परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले बताउनुभयो ।

उक्त केन्द्रका केन्द्राध्यक्ष विन्दु पौडेलसमेत उक्त विद्यार्थी मृत्यु प्रकरणमा अहिले प्रहरीको हिरासतमा रहेका छन् । नयाँ परीक्षा केन्द्रको केन्द्राध्यक्षमा मदन अर्याललाई तोकिएको आचार्यले बताउनुभयो । जिल्लामा कुल ३९ परीक्षा केन्द्र रहेको छ । यहाँ विगतमा हुँदै आएको होमसेन्टर मुग्लिनमा एक केन्द्र थपी पहिलोपटक हटाइएको जिशिअ आचार्यले बताउनुभयो ।

यहाँको कुरिनटारमा बर्सेनि होमसेन्टर हुँदै आएको थियो । परीक्षामा यस वर्ष चितवनबाट नियमित र आंशिक गरी कुल ११ हजार ६५४ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ १० हजार ४७ र आंशिकतर्फ एक हजार ६०७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । रासस