१२ कार्तिक २०८३, बिहिबार

सभाध्यक्ष नेम्वाङको टेबुलमा पुगे शीर्षनेताहरु, के के हुँदैछ टेबुलमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Leaderकाठमाडौँ, ४ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले प्रमुख राजनीतिक दलका शीर्षनेताहरुबीच संविधान लेखनका क्रममा देखिएका समस्या र गतिरोधलाई अन्त्य गर्न भएका प्रयास एवम् प्रगतिका बारेमा छलफल थाल्नुभएको छ ।

सभाध्यक्ष नेम्वाङको अगुवाईमा सिंहदरबारमा सुरु भएको सो छलफलमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपप्रधानमन्त्री एव् नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादव, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीसहितको सहभागिता रहेको छ ।

प्रश्नावली समिति निर्माणसँगै उत्पन्न राजनीतिक गतिरोधका कारण प्रमुख प्रतिपक्षी दलसहितको ३० दलीय मोर्चा आन्दोलनमा गएर दलबीच सहमति जुट्न नसकेको तथा त्यसले गर्दा संविधानसभाको बैठक एक महिनादेखि चल्न नसकेको अवस्थामा यो वैठक बसेको हो ।

सभाध्यक्ष नेम्वाङले शिर्ष नेतालाई चाडो सहमति गरेर संविधान बनाउन वार्ताका लागि आफ्नो टेबुलमा बोलाएका हुन् । अहिले वार्ता चलिरहेको छ ।