काठमाडौँ, ४ चैत । एउटी गोरी महिला मधेशमा राजनीतिक कुरा गर्दै थिइन् । ती गोरी महिलाले मधेशमा कम्युनिष्टको कुरा गर्दैै हिंडेको प्रशासनले थाह पायो । प्रहरी तिनै महिलाको खोजीमा जुटे ।
प्रसंग बिसं २०३२ सालको हो । जनकपुरमा बसेर पञ्चायतबिरुद्ध भूमिगत राजनीति गरिरहेका माधवकुमार नेपाल (पूर्वप्रधानमन्त्री तथा एमाले नेता) लाई पार्टीवाट निर्देशन आयो, ‘गोरी महिलालाई पक्राउ पर्नवाट जोगाउनु ।’ ती गोरी महिला थिइन् निलम केसी (सीता खड्का) । निलमको वारेमा बुझ्ने क्रमम नेता नेपाललाई प्रहरीले पक्राउ गर्यो ।
बुधबारको राजधानी दैनिकमा ध्रुब लम्साल लेख्छन्, पक्राउ परेपछि सोधपुछका क्रममा नेपालले बयान दिए, घर दार्जीलिङ, नाम नीरज शर्मा । के कामले नेपाल आएको ? प्रहरीको अर्को प्रश्नको जवाफ दिए, ‘नेपालका कम्युनिष्टहरु के गर्दै छन् बुझन आएको ।’ भोलिपल्ट जनकपुर संवाददाताको डेटलाइनमा राष्ट्रिय समाचार समिति (रासस)को बुलेटिनमा समाचार प्रकाशन भयो, नीरज शर्मा पक्राउ । त्यस्को संवाददाता थिए, मल्ल के सुन्दर । एमाले फुटेपछि मालेतिर लागेकी उनै निलम अहिले मन्त्री छिन् ।
‘अहिले पनि मलाई रासस भन्ने बित्तिकै ०३२ सालको समाचार याद आउँछ ।’ मंगलवार प्रेस चौतारी नेपाल रासस शाखाको चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘म पक्राउ परेको समाचार मल्ल के सुन्दरले लेखेका थिए ।’
कार्यक्रममा प्रमुख अतिथि बनेर गएका नेता नेपालले चौतारीको राससको बर्तमान शाखा अध्यक्ष महिला (कालिका खडका) भएकोमा खुसी ब्यक्त गर्दै महिला सहभागीत बढ्दै गएको बताए । शिक्षिका, पत्रकार, स्वास्थ्यकर्मीमा महिला सहभागिता पूरुष भन्दा धैरै हुनुपर्ने उनको भनाई थियो । ‘यो पेशामा जोखिम कम हन्छ, त्यसकारण महिला सहभागिता धेरै हुनुपर्छ,’ उनले भने । कतिपय कार्यक्रममा जाँदा महिला पत्रकारहरु ठुला क्यामेरा बोकेर खिच्दै हिंडेको देखेका नेपालले ती दृष्यले आफुलाई सन्तुष्ट बनाएको बताए । ‘महिला पत्रकारले गह्रौँ क्यामेरा बोकेर पुरुष भन्दा कम छैनौं भन्ने सन्देश दिएका छन्, यसैवाट पुष्टि हुन्छ नेपाली समाजमा महिलाहरु अघि बढ्दैछन् ।’




![k|]z rf}tf/L g]kfn ,/f;; zfvfsf] rf}yf] :yfkgf lbj;sf] pknIodf cfof]lht ;Ddfg tyf k'/:sf/ ljt/0f sfo{qmddf ;Daf]wg ub} Pdfn] g]tf dfwj s'df/ g]kfn nufot . tl:a/ M k|bLk/fh jGt /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/03/madhav-nepal.jpg)











प्रतिक्रिया